जहाज अवतरण गर्दा रनवेमा स्याल दौडेपछि…

डिसी नेपाल
३१ भदौ २०७९ १४:१३
372
Shares

धनगढी । धनगढी विमानस्थलमा विमान अवतरण गर्ने क्रममा स्याल देखिएपछि एकछिन विमानस्थल तनावग्रस्त बनेको छ । सौर्य एयरलाइन्सको जहाज अवतरणका क्रममा रनवेमा स्याल दौडेको थियो ।

शुक्रबार काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि जहाज ओभरसुट गर्नु परेको थियो । जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *