प्रत्येक पाना पढेको सुन्दै, हस्ताक्षर गर्दै चोलेन्द्र

डिसी नेपाल
३१ भदौ २०७९ १५:३०

काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर गर्दैछन् । समितिमा दिएको अडियो भिडियो बयानको उतार पुनः पढेर सुनाएपछिमात्रै हस्ताक्षर गर्ने बताएपछि सोही अनुसार हस्ताक्षरको क्रम चलिरहेको छ ।

सिफारिस समितिमा जबराले भदौ १५ देखि २८ गतेसम्म दिएको बयानलाई समितिले उतारेको थियो । सोही उतार (भर्बेटम) पत्रमा राणाले हस्ताक्षर गरेका हुन् । बिहान नौ बजेदेखि बसेको समितिको बैठकमा कागजमा उतारिएको बयान आफूले सुनेरमात्रै हस्ताक्षर गर्ने अडान राखेपछि प्रत्येक पेज पढ्दै सुनाएपछि मात्रै हस्ताक्षर गर्दा ढिलाइ भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *