पुरुष मतदाताको संख्या बढ्यो

डिसी नेपाल
३१ भदौ २०७९ १६:२५

काठमाडौं । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पुरुष मतदाताको संख्या बढेको निर्वाचन आयोगले जनाएको छ । आयोगका आनुसार पुरुष मतदाताको संख्या करिब तीन लाखले बढेको हो ।

आयोगले शुक्रबार सार्वजनिक गरेको मतदाता नामावली सूचीअनुसार पुरुष मतदाताको संख्या महिलाभन्दा २ लाख ९३ हजार २२७ बढी छ । आयोगका अनुसार ८८ लाख ४७ हजार ५७९ महिला मतदाता र ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता रहेका छन् ।

अन्यमा १८५ मतदाता रहेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मतदान गर्न पाउने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *