आनन्द वनमा बन्यो ट्रमा सेन्टर, न्युनतम मुल्यमा विशेषज्ञ सेवा दिने

डिसी नेपाल
२ असोज २०७९ १२:३८

ललितपुर । जिल्लाको गोदावरी नगरपालिका–६ स्थित आनन्द वन अस्पतालमा ट्रमा सेन्टरको स्थापना भएको छ । उक्त ट्रमा सेन्टरको स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरेका छन् ।

अस्पतालले यसलाई ट्रमा सेन्टर र इमरजेन्सी वीङ्स नाम दिईएको छ । सेन्टर स्थापनासँगै अस्पतालमा आइसीयू, एचडीयू, बाल रोग, स्त्री रोग तथा प्रसुती सेवा, नवजात शिशु आइसीयू सेवा थपिएको अस्पतालका निर्देशक शेरबहादुर गुरुङले जानकारी दिए ।

यसअघि अस्पतालले बहिरंग सेवा, छाला रोग विशेषज्ञ सेवा, फिजियो थेरापी, डेन्टल सेवा, अर्थपेडिक सर्जरी लगायतका विभिन्न दर्जन बढी सेवाहरु दिईरहेको छ ।

ट्रमा सेन्टर बनेसँगै ट्रमासम्बन्धी विशेषज्ञ सेवा अस्पतालबाट प्रवाह हुने निर्देशक गुरुङले बताए । हालसम्म ललितपुरसहित मकवानपुर, काभ्रे लगायत मुलुकका विभिन्न जिल्लाका सेवाग्राहीले स्वास्थ्य सेवा लिईसकेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पका बेला अस्पतालले विशेष सेवा गरेको थियो । अस्पतालले सस्तो मूल्यमा विशेषज्ञ सेवा दिनेमा निर्देशक गुरुङले विश्वस्त पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *