प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

डिसी नेपाल
४ असोज २०७९ ६:४६

काठमाडौं। आज देशभर बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।
बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *