स्पाइसजेटले आफ्ना ८० पाइलटलाई तीन महिनाको तलब नदिइ बिदामा पठायो

डिसी नेपाल
५ असोज २०७९ १३:०१
268
Shares

काठमाडौं । सस्तो एयरलाइन्स स्पाइसजेटले आफ्ना ८० पाइलटलाई तीन महिनाको तलब बिना बिदामा जान भनेको छ । एयरलाइन्सको गुडगाउँ मुख्यालयले कम्पनीको आर्थिक अवस्थालाई ध्यानमा राख्दै यो कदम चालेको जनाएको छ।

स्पाइसजेटले आफ्नो विज्ञप्तिमा भन्यो, “हाम्रो यो कदम कर्मचारीहरूलाई जागिरबाट ननिकाल्ने हाम्रो नीति अनुरूप छ। हामीले कोभिड महामारीको बेला पनि यो नीतिलाई पालना गरेका छौं। यो कदमले विमानको उडानसँग पाइलटहरूको संख्यामा तालमेल मिलाउन सक्छ।”

बिना तलब बिदामा पठाइएका पाइलटहरू एयरलाइन्सको बोइङ र बम्बार्डियर फ्लीटका हुन्।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक पाइलटले भने, ‘हामीलाई एयरलाइनको आर्थिक संकटको बारेमा थाहा थियो तर अचानकको यो निर्णयले हामीलाई स्तब्ध बनाएको छ । तीन महिनापछि कम्पनीको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने अन्योल पनि छ । बिदामा पठाइएका पाइलटलाई फिर्ता बोलाउने कुनै आश्वासन दिइएको छैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *