कपनमा भीषण आगलागीमा परी दुईजनाको मृत्यु

डिसी नेपाल
५ असोज २०७९ २१:०४
192
Shares

काठमाडौं । काठमाडौंको कपन राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । आज साँझ आगलागी भएको घरभित्र दुईजनाको शव भेटिएको घटनास्थलमा रहेका एकजना प्रहरी अधिकारीले डिसी नेपाललाई जानकारी दिए ।

प्रहरी अधिकारीले दिएको जानकारी अनुसार उनीहरुको सनाखत हुन बाँकी रहेको छ । आगलागी नियन्त्रणमा आइसकेको र घरको माथिल्लो तलामा भएका नागरिकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।

ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ ।

यसबारेमा अझै थप विवरण आउन बाँकी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *