युरोपमा ग्यास संकटः युनिपरलाई राष्ट्रियकरण गर्ने जर्मनीको तयारी

डिसी नेपाल
६ असोज २०७९ ९:३२
140
Shares

वर्लिन। जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ। यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ।

जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकोले ग्यास अभाव भएको छ। सम्झौताले युनिपरको ऊर्जा आपूर्तिकर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए।

मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात रोकेको थियो।

रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपलाई यसको ४० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति गरेको र बिस्तारै आपूर्ति कटौती गरेर पश्चिमी प्रतिबन्धको बदला लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *