संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि प्रश्न उठाए

डिसी नेपाल
६ असोज २०७९ ११:३३
16
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार संयुक्त राष्ट्रसंघलाई सम्बोधन गरेका छन् । रुसमाथि आक्रामक रवैया अपनाउँदै उनले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हमला गरेर राष्ट्रसंघको बडापत्रको निर्लज्ज ढंगले उल्लंघन गरेको बताए ।

जो बाइडेनले रुसी सेनाले युक्रेनका विद्यालय, रेलवे स्टेशन र अस्पतालमा आक्रमण गरेको बताए । यी आक्रमणहरूको उद्देश्य युक्रेनको अस्तित्व समाप्त गर्नु हो।

आणविक युद्धको विषयमा बोल्दै उनले पुटिनले आज युक्रेन युद्धलाई लिएर गैरजिम्मेवार आणविक युद्धको धम्की दिएको तर आणविक युद्ध जित्न नसकिने र कहिल्यै लड्नु नहुने बताए ।

ताइवान र चीनका बारेमा बोल्दै जो बाइडेनले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । ह्वाइट हाउसका अधिकारीहरूले ताइवानमा अमेरिकी नीति परिवर्तन नभएको दाबी गरे।

उनले यथास्थितिमा कुनै पनि परिवर्तनको विरोध गर्ने बताए । यसअघि धेरै अवसरमा जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानलाई सहयोग गर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *