युक्रेनमा रूसले बन्दी बनाएका पाँच बेलायती नागरिक रिहा
काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका पाँच बेलायती नागरिक रिहा भएको पुष्टि गरेकी छिन् ।
एक विज्ञप्तिमा, उनले भनिन् कि यससंगै “उनीहरू र उनीहरूको परिवारको लागि अनिश्चितता र पीडाको युग समाप्त भयो।”
उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी अरबलाई बन्दीहरूको रिहाइ सुनिश्चित गर्न सहयोग गरेकोमा धन्यवाद दिइन्।
“रसियाले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्नुपर्छ,” उनले भनिन् ।
यसअघि साउदी अरब सरकारले साउदी युवराज मोहम्मद बिन सलमानको मध्यस्थतामा रुसले १० जनालाई रिहा गरेको जानकारी दिएको थियो । यसमा अमेरिका, बेलायत, स्वीडेन, क्रोएसिया र मोरक्कोका नागरिकहरू पर्छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment