भारतबाट घर फर्केपछि श्रीमतीको हत्या

डिसी नेपाल
६ असोज २०७९ ११:४१
88
Shares

काठमाडौं । पत्नीको हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयाका ३५ वर्षीय शेरबहादुर नाम्जाली मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रवीन्द्रराज पाण्डेयका अनुसार आफ्नै गाउँको बिसटोलमा हिडिरहेका बेला उनलाई पक्राउ गरिएको हो । मगरले बिहीबार बिहान ३२ वर्षीया पत्नी ललीतालाई कुटपिट गरी हत्या गरेका थिए। छोराछोरीलाई पनि कुटपिट गरी घाइते बनाएका छन्।

डिएसपी पाण्डेयका अनुसार पछ्यौरी र रेबनले घाँटी कसेर उनले पत्नीको हत्या गरेको देखिएको छ। मगरकी १७ वर्षीया छोरी लक्ष्मीलाई भने धारिलो हतियारले टाउँकोमा हिर्काउदा उनी घाइते छिन। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। भारतमा रोजगारी गर्ने मगर हिजो मात्रै घर फर्किएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *