पूर्व प्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश

डिसी नेपाल
६ असोज २०७९ १२:२८
60
Shares

काठमाडौं ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले खनाललाई आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रम आयोजना गरी पार्टी प्रवेश गराएका हुन्।

उनले अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको पनि बताए। उनले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए। ‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर छु,’ खनालले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *