थप ७४ जनामा कोरोना संक्रमण हुँदा ११६ जना कोरोना मुक्त

डिसी नेपाल
८ असोज २०७९ १५:२९

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएको थियो, जसमा ७४ जनालाई संक्रमण पुष्टि भयो ।

११६ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *