चुनावमा सेना परिचालन हुने

डिसी नेपाल
९ असोज २०७९ १६:४०
200
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना परिचालनको स्वीकृति प्रदान गरेकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवम् मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिन राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *