५१ जनामा कोरोना पुष्टि हुँदा १०० जना कोरोना मुक्त

डिसी नेपाल
९ असोज २०७९ १६:४८

काठमाडौं । पछिल्लो पटक मुलुकभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार २०६ पीसीआर परीक्षणमा ४० जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप १०० जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३३५ जना निको भएका छन् । नेपालमा हाल एक हजार २२३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *