खानेपानीको पाइप चोर्ने ४ जना समातिए

डिसी नेपाल
१० असोज २०७९ १६:५६

काठमाडौं । खानेपानी संस्थानको पाइपहरू चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादी गाँउपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको पाईप चोरी भएको थियो ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका–८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् ।

असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग।१ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका–५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *