अन्तर्राष्ट्रिय गन्तव्यमा ‘अनलाइन टिकट बुकिङ’ सुरु

डिसी नेपाल
११ असोज २०७९ ६:३१
244
Shares

काठमाडाैं। नेपाल वायु सेवा निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ।

अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले साेमबारदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

उनका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन्।

निगमले अहिले दिल्ली, मुम्बई, बेङगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले विश्वास लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *