हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

डिसी नेपाल
११ असोज २०७९ १०:०५

काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १:०.७५ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड २० लाख कित्ता सेयर जारी गर्न लागेको हो।

कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई सेयर नियुक्त गरेको छ। हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्दै हाइड्रोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *