उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारवाही

डिसी नेपाल
११ असोज २०७९ ११:३४
144
Shares

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन्।

यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारवाही गरेको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *