सेयर बजार करिब १६ अंकले बढ्यो, कारोबार रकम ६६ करोड ३० लाखमा सिमित
काठमाडौँ। साताको कारोबारको तेश्रो दिने मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १६ अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९२ अङ्कले उकालो लागेर १ हजार ८३१.०५ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५४ अङ्कले बढेर ३ सय ५८.१४ मा पुगेको छ । कूल २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता सेयर खरिद बिक्री हुँदा ६६ करोड ३० लाखमाथिको कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ। यसको आज २ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ।
यस्तै, कारोबार भएका १३ वटै उपसमूहमध्ये होटल तथा पर्यटन व्यवसायी र म्युचुअल फण्ड उपसमूह घटेको छ भने बाँकि सबै उपसमूह बढेको छ। आजको कारोबारमा सामुदायिक लघुवित्त र अभियान लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, गरिमा ऋणपत्र र एभरेष्ट बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
Facebook Comment