त्रिशूलीमा कार खसेर बेपत्ता

डिसी नेपाल
१७ असोज २०७९ १०:३१
316
Shares

काठमाडौं । नारायणघाट मुग्लिङ सडकखण्ड स्थित त्रिशुली नदीमा कार खसेर बेपत्ता भएको छ । आज बिहान चितवनको भरतपुर २९ स्थित सत्रकिलोमा पोखराबाट झापा तर्फ जाँदै गरेको बा १० च ५४४५ नम्बरको कार आँफै अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

त्रिशुली नदिमा खस्दा चालक झापा स्थित दमक नगपालिकाका ३ का ५२ वर्षका लिला भट्राराई, कारमा सवार उनकी श्रीमती बर्षकी ४० देउकला दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार त्रिशुली नदीमा बेपत्ता भएको छ । त्यसको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *