जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने

डिसी नेपाल
१७ असोज २०७९ १५:१७

लमजुङ । जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरंग सेवा बन्द गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरंग विभाग बन्द हुने जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरंग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरंग सेवा भने सञ्चालन हुनेछ ।

साथै डाईलासिस र प्रसुति सेवा पनि यथावत रुपमा नै सञ्चालन गरिने उनले बताए । चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दशैं मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिरंग सेवा बन्द गरिने अस्पतालले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *