दुबईमा आज हिन्दु मन्दिर उद्घाटन हुँदै, के-के छन् यो मन्दिरका विशेषता ?

डिसी नेपाल
१८ असोज २०७९ ११:१०

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा रहेको पहिलो हिन्दू मन्दिर आजदेखि खुल्ने भएको छ । गल्फ न्युजका अनुसार युएईको सहिष्णुता र सहअस्तित्व मन्त्री शेख नह्यान बिन मुबारक अल नाह्यान र युएईका लागि भारतीय राजदूत सञ्जय सुधीर मन्दिरको उद्घाटन समारोहमा प्रमुख अतिथि रहने जानकारी दिइएको छ ।

सो अवसरमा सामुदायिक विकास प्राधिकरण (सीडीए)का पदाधिकारीहरुको समेत उपस्थिति रहनेछ । यो मन्दिर दुबईको वर्शिप भिलेजमा बनाइएको हो । धेरै चर्च र गुरु नानक दरबार गुरुद्वारा यहाँ पहिले नै अवस्थित छन्।

औपचारिक उद्घाटन अघि सेप्टेम्बर १ मा मन्दिर आंशिक रूपमा खोलिएको थियो। हालसम्म हजारौं मानिसले मन्दिरको दर्शन गरिसकेका छन् । यहाँ सबै धर्मका मानिस आउन सक्छन् । यहाँ नौ दिनसम्म विशेष पूजाको पनि आयोजना गरिएको थियो ।

अहिलेसम्म मन्दिर प्रवेशका लागि मन्दिरको वेबसाइटमा रहेको क्यूआर कोडबाट अपोइन्टमेन्ट बुक गर्नुपर्थ्यो। अहिले मंगलबार उद्घाटन कार्यक्रम हुने भएकाले सर्वसाधारणले प्रवेश पाउने छैनन् । तर बुधबारदेखि सबैका लागि खुला गरिने भएको छ । मन्दिरमा १६ वटा देवताका मुर्तिहरु छन् । युएइमा ठूलो संख्यामा नेपालीहरू छन् जसमा अधिकांश हिन्दू छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *