चलचित्र ‘म राजेश हमाल’ चैत्र १० गते प्रदर्शनमा आउने

डिसी नेपाल
१८ असोज २०७९ १५:४४

काठमाडौं । केहि समय अघिनै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर चलचित्र ‘म राजेश हमाल’को रिलिज डेट सार्वजनिक गरेका हुन् । चलचित्र आगामी चैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ ।

जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, सँजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका रहेको छ । चलचित्रमा आर्यन सिग्देल बिषेश भूमिकामा देखिने छन् भने राजेश हमलाको आवाजले कथा बोकेको छ ।

चलचित्रका कथाकार जोन योञ्जन हुन भने पटकथामा जोनलाइ सायदले साथ दिएका छन् । आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको चलचित्रको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन् । चलचित्रमा दिपक आर जे र कमल रेग्मिको संगीत रहेको छ ।

किरण कुमार महर्जन सह-निर्माता रहेको चलचित्रमा जिवलाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल भने कार्यकारि निर्माता हुन् । बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको चलचित्र फिल्कर आर्ट्सले निर्माण गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *