अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)
हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट पथलैया आउँदै गरेको बा. प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन् ।
मृतकको नामावली
१. जिल्ला बारा कलैया उमनपा–२ बस्ने अं बर्ष (४०–४१)को लिलाराज चौधरी, सहकारी अस्पतालमा
२. जि,चितवन खैरहनी नपा–५ बुडौली बस्ने बर्ष ६३ की नन्द कुमारी पुडासैनी , टाउकोमा चोट (उपचारको क्रममा) चुरेहिल अस्पतालमा
३. जि चितवन कालिका नपा–९ रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा बर्ष अ (१४–१५) को सफल कडेल, चुरेहिल अस्पतालमा
४. जिल्ला पर्सा बिरगंज मनपा– १६ बस्ने बर्ष अ ६५ को सोम प्रसाद चौरासिया, हेटौडा अस्पतालमा
५. ऐ ऐ बस्ने अ।बर्ष ३५–३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा
६. जिल्ला मकवानपुर हेटौडा उमनपा–७ बस्ने बर्ष अ ५५–५६ कि शुभलक्ष्मी श्रेष्ठ, हेटौडा अस्पतालमा
७. ऐऐ बस्ने अ. बर्ष १९–२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८. जिल्ला बारा कलैया उमनपा–१० बस्ने अ. बर्ष ३५–३६ कि नाजलिन खातुन, हेटौडा अस्पतालमा
९. जिल्ला बारा जितपुरसिमरा उमनपा– २२ बस्ने बर्ष अ.२८ को सुरेश बिक. हेटौडा अस्पतालमा
१०. जिल्ला बारा कलैया उ.म.न.पा. १० बस्ने अ.बर्ष २५–२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११. जिल्ला ओखलढुङ्गा बस्ने लाल बहादुर बोगटी (साथमा रहेको एक्सापयर भईसकेको प्रनानिको परिचयपत्र अनुसार) हेटौडा अस्पतालमा,
१२. जिल्ला चितवन खैरेनी नपा–५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौडा अस्पतालमा
१३. जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, हेटौडा अस्पतालमा
१४. जिल्ला धनुषा जनकपुर उमनपा– ५ बस्ने बर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन
बाँकी २ हेटौडा अस्पतालमा शव रहेको नामथर वतन खुल्न बाँकी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment