अविरल वर्षाका कारण चन्द्रागिरिमा आएको पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो।
प्रतिक्रिया
Facebook Comment