सेनाद्वारा गोरखाको मनास्लु ईलाकाबाट दुई इजरायलीसहित आठको उद्धार

डिसी नेपाल
२१ असोज २०७९ २०:१२

काठमाडौं । नेपाली सेनाले केही दिनदेखिको अबिरल वर्षाका कारण गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौँ ल्याइएको हो । उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *