उम्मेदवारी दर्तासँगै ओलीको दाबी- जनादेश नभएको सरकारलाई पछारेर एमालेकै नेतृत्वमा सरकार बन्छ

डिसी नेपाल
२३ असोज २०७९ १८:३५

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्शा ओलीले मंसिर ४ को निर्वाचनपछि जनताको आदेश नभएको सरकारलाई पछारेर एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गरेका छन्

झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी मनोनयनपछि दमकमा भएको सभालाई सम्बोधन गर्दै उनले गठबन्धन देशघाती भएको र यसलाई पछार्ने बताए । यो निर्वाचनले ठूलो फैसला गर्ने उनको दाबी छ । निर्वाचनले ठुलो फैसला लिने बताउँदै अध्यक्ष ओलीले अब मंसिर ४ पछि देशभक्त लोकतान्त्रिक बिकासको अभियन्ता सरकार बन्ने उल्लेख गरे ।

उनले यसवेलामा भ्रमपूर्ण, साम्प्रदायिक, क्षेत्रीयता र अनेक प्रकारका भ्रमपूर्ण कुरा छर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे । छोटो सम्बोधन गरेका ओलीले ०७४ को निर्वाचनपछि बनेको आफू नेतृत्वको सरकारले धेरै काम गरेको बताए । १५ महिनामा अहिलेको सरकारले देशलाई अधोगति तिर धकेलेको उनको आरोप थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्ष्पर्धामा बहुमत ल्याउने र पुन एमालेकै नेतृत्वमा सरकार गठन हुने उनको दाबी थियो । यस्तै अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले मनोनयन दर्ता गर्ने सबै उम्मेदवारलाई शुभकामना समेत दिए । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका थिए । यस्तै उनीसँग गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले प्रतिष्पर्धा गर्ने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *