प्रतिनिधि सभा निर्वाचन: लमजुङमा १३ जनाको मनोनयन दर्ता

डिसी नेपाल
२४ असोज २०७९ ९:२८

लमजुङ। मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन्।

निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन्। त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदारी परेको छ।

राप्रपा नेपालबाट टकबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी बाट धर्मराज केसी, आमुल परिवर्तन मसिह पार्टीबाट नन्दजंङ गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र प्रसाद प्रजापतीले मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी नेपाली कांग्रेस विपीबाट डा. लक्ष्मीकान्त पौडेल, मंगोल नेसनल अर्गनाईजेशन पार्टीबाट बिकास गुरुङ, राप्रपा बाट बालचन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टीबाट नरेन्द्र बहादुर गुरुङको उम्मेदारी परेको छ भने स्वतन्त्रबाट चन्दन बस्याल, प्रकाश जोशीको उम्मेदारी परेको छ।

त्यसैगरी प्रदेश सभा क तर्फ नेकपा एमालेका जमिन्द्रमान घले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ, नेपाली कांग्रेस विपी बाट खुशीमाया गुरुङ, अस्मिता, राप्रपाबाट अप्सरा शाह, जनता समाजबादी पार्टीबाट सरस्वती गुरुङ र मंगोल नेसनल अर्गनाईजेन पार्टीबाट बिर्खबहादुर तामाङको उम्मेदारी परेको छ।

त्यसैगरी प्रदेश सभा ख तर्फ नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुलका निर्वमान सभापति भेषबहादुर पौडेलको उम्मेदारी परेको छ। त्यसैगरी सोही निर्वाचन क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट विमल घिमीरे, राप्रपाबाट ततबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट युवराज दुरा, मंगोल नेसनलन अर्गनाईजेन पार्टीबाट राज गुरुङ, नेपाली काँग्रेस विपीबाट नवराज बसौलाको उम्मेदारी परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *