तेह्रथुममा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ १८ उम्मेदवार

डिसी नेपाल
२४ असोज २०७९ १४:२३

तेह्रथुम। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुममा २८ जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ जनाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यालय तेह्रथुमका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) मा १० जना र प्रदेश निर्वाचन क्षेत्र (ख) मा आठजनाले मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गरेकी छन्। उनलाई सत्ता गठबन्धनको साथ छ।

एमालेबाट विजय सुब्बाले मनोनयन दर्ता गरेका छन्। प्रदेशसभा निर्वाचन (क) मा कांग्रेसका सन्तोष सुब्बा र प्रदेश निर्वाचन क्षेत्र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईले मनोनयन दर्ता गरेका छन्। निर्वाचन क्षेत्र (क) मा एमालेका किशोरचन्द्र दुलाल र प्रदेश निर्वाचन क्षेत्र (ख) मा तेजमान कन्दङवाले मनोनयन दर्ता गरेको गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार एकीकृत समाजवादीले प्रदेशसभा (क) मा कृष्ण चोङबाङ र प्रदेश निर्वाचन क्षेत्र (ख) शिवनाथ खापुङ मनोनयन दर्ता गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा युवराम गौतमले मनोनयन दर्ता गरेका छन्। प्रदेश निर्वाचन क्षेत्र (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धनश्याम पौडेल र प्रदेश निर्वाचन क्षेत्र (ख) मा धनराज कन्दङवाले मनोनयन दर्ता गरेका छन्। संघीय लोकतान्त्रिक मञ्चबाट प्रतिनिधिसभातर्फ विष्णुकुमार चोङबाङले मनोनयन दर्ता गरेका छन्। प्रदेशसभा (क) मा संघीय लोकतान्त्रिक मञ्चबाट दिलकुमार लिम्बू र प्रदेशसभा (ख) मा शेरबहादुर ईङनामले मनोनयन दर्ता गरेका छन्।

जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभामा नारायणमान गुरुङ, प्रदेशसभा (क) मा सूर्यबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गौरीप्रसाद कन्दङवाले प्रतिनिधीसभा र प्रदेशसभा (क) मा चन्द्रबहादुर विश्वकर्मा र प्रदेशसभा (ख) मा वमबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधिसभामा राजेन्द्रकुमार लिम्बूले मनोनयन दर्ता गरेका छन्।

मंगोल नेसनल अर्गानाइजेसनबाट प्रतिनिधिसभामा गंगाबहादुर चोङबाङ र प्रदेश सभा निर्वाचन (क)मा छितिज लिम्बू, प्रदेश (ख)मा सुनिल कन्दङवाले मनोनयन दर्ता गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट प्रतिनिधिसभामा टंकप्रसाद भट्टराई मनोनयन दर्ता गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा दिलबहादुर सोदेम्बाले मनोनयन दर्ता गरेका छन्। प्रतिनिधिसभामा शुसन चोङबाङ लिम्बूले स्वतन्त्र मनोनयन दर्ता गरेका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र ((क) खगेन्द्र कटुवाल र प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मानध्वोज इस्वोले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *