माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन्– पार्टी जनभावना अनुसार चलेन

डिसी नेपाल
२४ असोज २०७९ २१:२६

महोत्तरी । पार्टीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले बताएका छन् ।

यो ५ वर्षको अवधीमा मधेशमा जनतालाइ सरकारको समेत महसुस नभएको बताउँदै ढुंगानाले सरकारको अनुभुत गराउन पनि आफ्नो उम्मेदवार रहेको उनको दाबी छ ।

आफुले जिते प्रदेश ससंदको हैसियतले जनताको समस्याको पोकोलाई सम्बोधन गर्ने तथा जनताको मनोभावनाअनुसार कुनैपनी राजनीति दलले अहिलेसम्म उम्मेदवारी नबनाएको बताउँदै स्वतन्त्रको भुमिकाबाट आफ्नो कलाकारीता देखाउने नेता ढुंगानाको भनाइ छ । उनले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसके पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन् । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल बनेका छन् । गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र न. १ क मा काङ्ग्रेसले पाउने निर्णय गरेता पनि प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसबाट सुरेश राउत छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *