बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीका ६ जना माओवादीको चुनाव चिन्हमा लड्दै

डिसी नेपाल
२५ असोज २०७९ १४:१७

काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ। जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन्।

नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ। सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ।

माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ। जसमा महीन्द्र राय यादव सर्लाही २ र मानुषी यमि भट्टराई काठमाडौं ७ बाट उम्मेदवार बनेकी छन्।

यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ। प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बनेका छन् । यसपटक बाबुराम भने उम्मेदवार बनेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *