रेशम चौधरीको उम्मेदवारी खारेज

डिसी नेपाल
२५ असोज २०७९ २१:३३

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधसभा उमेदवार रेशम चौधरीको उमेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भई कारागार सजाय भोगिरहेका चौधरीको उम्मेदवारी खारेज भएको हो ।

वारिसनामाबाट उमेदवारी दिएका चौधरीको निर्वाचन अधिकृतको कार्यालयले उमेदवारी खारेज गरिदिएको हो ।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *