मुलुकमा राजनीतिक स्थायीत्व नभए राष्ट्रियता कमजोर हुन्छः इश्वर पोखरेल

डिसी नेपाल
२५ असोज २०७९ २१:५५

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायीत्व नभए राष्ट्रियता कमजोर हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा एमाले क्षेत्र नंवर ५ निर्वाचन परिचालन कमिटी घोषणा सभामा पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि राजनीतिक स्थायीत्व आवश्यक रहेको भन्दै यसका लागि एमालेलाई बिजयी गराउनुपर्ने बताएका हुन्। उनले मुलुकको बिकास र समृद्धिका लागि एमालेले पुनः नेतृत्व गर्न चाहेको धारणा राखे ।

पोखरेलले अहिलेको सत्ता गठबन्धनको कुनै दृष्टिकोण र गन्तव्य नरहेको र एकमात्रै उद्धेश्य एमालेलाई सिद्धाउने अपराधिक गन्तव्य मात्र रहेको आरोप लगाए ।

नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको उनको भनाइ छ । पोखरेलले मंसिर चारको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने जिकिर गरे ।

उनले यसअघि आफुले गर्न नसकेको कामलाई आगामी कार्यकालमा निरन्तरता दिने समेत बताए । कार्यक्रममा पोखरेलले ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *