जनता समाजवादी पार्टीका नेता मुन्जय राउतका फेसबुक फलोअर १० अर्बभन्दा धेरै !

डिसी नेपाल
२६ असोज २०७९ १२:२७

काठमाडौं । फेसबुकका संस्थापक र हाल फेसबुक चलाइरहेको माउ कम्पनी मेटाका मालिक मार्क जुकरबर्गका फेसबुक फलोअर एक्कासी हराएपछि अहिले विश्वभर हल्लाखल्ला भइरहेको छ । यतिमात्र होइन पश्चिमा देशबाट संचालित कैयौं ठूला मिडिया संस्थानका फलोअरहरु पनि एक्कासी हराएका छन् । जुकरबर्गका फेसबुक फलोअरहरु अहिले करिब १० हजार मात्र छन् ।

तर, नेपालको जनता समाजवादी पार्टीका नेता मुन्जय राउतको फेसबुकमा भने फलोअरहरुको संख्या यति धेरै छ कि त्यो पत्याउन पनि कठिन छ । राउतको फेसबुकमा फलोअरहरु १० अर्बभन्दा धेरै देखिएका छन् । अहिले संसारको कूल जनसंख्या समेत १० अर्ब छैन । अर्थात राउतलाई संसारभरीका मानिसहरुभन्दा पनि धेरैले फलो गरेको देखिएको छ ।

फेसबुकमा आएको एउटा ‘बग’का कारण जुकरबर्गका फलोअरहरु यसरी एक्कासी हराएका र थपिएका हुन् । अहिले मार्क जुकरबर्गका फलोअरहरु ९ हजार ९ सय ९३ मात्र देखिन्छन् । केही दिन अघिसम्म कैयौं मिलियन फलोअर भएका जुकरबर्गका फलोअरहरु रातारात गायब भएका हुन् । तर, राउतका फलोअरहरु भने धानिनसक्नु बढेको देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *