ह्यारिसवर्गमा दीपावली नाइट हुने

डिसी नेपाल
२७ असोज २०७९ ७:२६

पेन्सिलभेनिया। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा बस्ने नेपालीभाषीहरुले तिहार चाडको उपलक्ष्यमा दीपावली नाइट नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्।

कार्यक्रम यही अक्टोबर १५का दिन दिउँसो १ बजेदेखि ६ बजेसम्म हुने छ। स्थानीय समाजसेवी नेत्र आचार्यले दिएको जानकारीअनुसार, ह्यारिसवर्ग शहरमा रहेको व्लुमिङ लोटस डान्स स्टुडियोको मुख्य आयोजना भुटनिज कम्युनिटी इन ह्यारिसवर्ग र ओएचआरसीको सहकार्यमा हुन लागेको सो कार्यक्रममा सबैलाई निशुल्क प्रवेशको व्यबस्था मिलाइएको छ।

कार्यक्रममा डान्स स्टुडियोका कलाकारहरु र अन्य व्यवसायिक कलाकारहरुको प्रस्तुति रहने छ। गीत र नृत्य दुबैका माध्यमबाट यसपल्टको दीपावली भव्यताका साथ मनाउने तयारी ह्यारिसवर्गका नेपालीभाषी समुदायले गरेका छन्।

विगत केहीबर्षदेखि कोरोना महामारीका कारण उकुसमुकुस भएको समाजका बासिन्दाहरुलाई अहिले केही खुकुलो भएको स्थितिमा गीत संगीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमका माध्यमबाट मनोरन्जन पुगोस् भन्ने उदेश्यले सो कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रम स्कटिस राइट क्याथेड्रल २७०१ नर्थ थर्ड स्ट्रीट ह्यारिसवर्ग पेन्सिलभेनियामा हुने जानकारी पनि दिइएको छ। कार्यक्रममा सपरिवार सहभागितका जनाई मनोरन्जनसहित दीपावली पर्व मनाउन समाजसेवी आचार्यले आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *