सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति, १ कात्तिकमा मुद्दा दर्ता हुने
काठमाडौं। बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ। जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ। यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।
२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment