संयुक्त राष्ट्रसंघको आकस्मिक कोषद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

डिसी नेपाल
२७ असोज २०७९ १९:३५

काठमाडौं । संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ)ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कारेड सहयोग ३२ लाख अमेरिकी डलर (करिब ४० करोड रुपैया) प्रदान गरेको छ ।

सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू – विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र लैंगिक समानता र महिलाको सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन) – लाई पूर्व चेतावनी सन्देशहरु प्रवाह गर्न, नगद र वृहत राहत सामग्रीहरु (खाद्य तथा गैरखाद्य सामग्री, कम इन्धन खपत गर्ने खाना पकाउने उपकरणहरु, सोलर रेडियो, लत्ताकपडा, र कानुनी तथा मनोसामाजिक परामर्श जस्ता सेवाहरु) उपलब्ध गराउन मद्दत पु¥याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसका अतिरिक्त सरसफाइ, मर्यादित तथा स्वास्थ्य सामग्रीहरु वितरण पनि गरिएको राष्ट्रसंघको कार्यालयले जनाएको छ ।

महिला र सिमान्तीकृत समूहहरुमा विपद्ले पु¥याएको खास प्रकारको असरलाई पहिचान गर्दै उक्त वितरणले प्रतिकार्यका सबै चरणहरुमा उनीहरुका आवश्यकतालाई सम्वोधन गर्न कोशिस गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *