चितवनमा जुस कारखानामा आगलागी, क्षति विवरण आउन बाँकी

डिसी नेपाल
२८ असोज २०७९ ८:३३
44
Shares

भरतपुर। पल्पी जुस उद्योगमा आगलागी भएको छ। रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो।

प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ। उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन। आगो निभाउने काम जारी रहेको उनले बताए।

आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ। आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *