‘प्रतिगमनको बिरुद्धमा र अग्रगमनलाई स्थापीत गर्नका लागि मेरो उम्मेदवारी’ : ओनसरी घर्ती {भिडियोसहित}

डिसी नेपाल
२८ असोज २०७९ १२:५१

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको बताएकी छिन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र २ बाट उम्मेदवार बनेकी घर्तीले आजको प्रतिगमनको बिरुद्धमा र अग्रगमनलाई स्थापीत गर्नका लागि तथा संविधान र लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको बताएकी हुन् ।

घर्तिले जनताको समृद्धिको बिषयमा आफु निरन्तर क्रियाशिल हुने पनि बताइन् । उनले अव पाँच बर्ष काठमाडौंको जनताका सेवाका बिताउन चाहेकाले अवसर प्रदान गर्न जनतासमक्ष आग्रह गरिन् । घर्तिले आफु एउटा लक्ष्यका लागि बनेको वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भएकाले जनताले विश्वास गर्ने धारणा राखेकी छिन् ।

घर्तिले अब आफू निर्वाचित भएपछि जनताकै सेवामा रहन चाहेको समेत बताएकी छिन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *