निर्वाचनपछि पनि पुरानै दल हाबी भए मुलुक अप्ठेरोमा जान्छः रवीन्द्र मिश्र

डिसी नेपाल
२९ असोज २०७९ १६:५४
76
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनपछि पनि पुरानै दल हाबी भए मुलुक अप्ठेरोमा जाने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मिश्रले यसअघि कांग्रेस एमाले माओवादी भन्ने दलहरु पटक पटक सरकारमा जादा पनि जनताका लागि कुनै काम गर्न नसकेको भन्दै अब पनि तीनै दलहरु सरकारमा पुगे मुलुक अप्ठेरो अवस्थामा पुग्ने बताएका हुन् ।

मुलुकलाई निकास दिन अब बैंकल्पीक शक्तिको आवश्यकता रहेको उनको भनाई छ । मिश्रले यसअघि आफु करिब ८ सय मतले पराजित भएको भन्दै अब पनि राप्रपालाई मत नदिए बिकृत तप्का संसदमा छिर्ने र नागरिकको जीवनयापनमा कुनै परिवर्तन नआउने जिकिर गरे ।

त्यस्तै मिश्रले दलहरुको राजनीतिक स्वार्थका लागि नै मुलुकमा संघीयता लाद्न खोजिएको भन्दै अब संघीयता खारेज गदै स्थानीय तहको सुदृढिकरण गर्नुपर्ने धारणा राखे । आर्थिक पाटोका साथै नेपालको भूराजनीतिक धरातलका आधारमा पनि संघीयता आवश्यक नभएको उनले बताए ।

मिश्रले मुलुकलाई अघि बढाउन बिकासका साथै रोजगारीको सिर्जना गर्ने वातावरण निर्माण हुनुपर्ने बताए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *