बाइडेनको टिप्पणीलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी दूत

डिसी नेपाल
१ कार्तिक २०७९ ११:२८
76
Shares

इस्लामाबाद। पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो।

७९ वर्षीय बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गरेका थिए, जसमा उनले युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल गरेका थिए।

चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै, बाइडेनले भने, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन तर उनमा समस्याहरूको विशाल श्रृंखला छ।’ सोही सन्दर्भमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए। ‘ मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बिना तालमेल आणविक हतियार छ।

पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताए। ‘मलाई लाग्छ कि यो ठ्याक्कै एक प्रकारको गलत बुझाइ हो जुन बचनबद्धताको कमी हुँदा सिर्जना हुन्छ’, उनले थपे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *