इरानमाथि प्रतिबन्ध लगाइयोसः युक्रेनी विदेशमन्त्री दिमित्रि कुलेबा
मस्को। युक्रेनी विदेशमन्त्री दिमित्रि कुलेबाले इरानमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग आह्वान गरेका छन्। राजधानी किभमा कामिकाजे ड्रोनको झुण्डले आक्रमण गरेको केही घण्टापछि, विदेशमन्त्री कुलेबाले यस्तो आह्वान गरेका हुन्।
हमलामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको छ। रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन (ईयुु) लाई आह्वान गरेका हुन्।
‘हवाई आक्रमणको साइरनका कारण बम आश्रयबाट इयुुलाई सम्बोधन गर्ने म सायद पहिलो विदेशमन्त्री हुँ। इयुुसँग थप हवाई रक्षा र बारूद आपूर्तिका लागि अनुरोध गर्छु। रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन ईयूलाई आग्रह गर्छु। रुसमाथि ९औँ प्रतिबन्ध प्याकेज बलियो हुनुपर्छ ’, उनले ट्वीट गरेका छन्।
युक्रेनको राजधानी किभमा भएको ड्रोन हमलाको पश्चिमा देशहरुले निन्दा गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment