युक्रेन युद्धको विरोध गर्ने पत्रकारले देश छाडिन्
मस्को। युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन्। राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन्।
मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन्। ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाडेकी हुन्। उनीहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भने ‘उनीहरू ठीक छन्। तिनीहरू सार्वजनिक रूपमा कुरा गर्न नसकेसम्म पर्खिरहेका छन्, तर अहिलेको लागि यो सुरक्षित छैन’, उनले थपे।
‘पुटिन एक हत्यारा हुन। उनका सिपाहीहरू फासीवादी हुन्’ लेखिएको पोस्टर बोकेर क्रेमलिन नजिकै जुलाईको मध्यमा एक्लै विरोध प्रदर्शन गरेपछि उनलाई अगस्टदेखि घरमै नजरबन्द गरिएको थियो।
च्यानल ओनकी पूर्व सम्पादक मारिनाले सन्ध्याकालीन समाचारको समयमा ‘नो वार’ लेखिएको पोस्टर देखाएकी थिइन्। कानून प्रवर्तनले ४४ वर्षीया मारिनालाई रुसी सशस्त्र सेनाको बारेमा गलत सूचना वितरण गरेको आरोप लगाएको थियो। उक्त आरोप पुष्टि भएमा उनलाई १० वर्षको वर्षको जेल सजाय हुन सक्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment