केदारनाथ मन्दिरनजिकै भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित सबै यात्रुको मृत्यु
काठमाडौं । उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ । पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको बताएको छ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सी रविशंकरले पत्रकारहरूलाई भने कि दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको पनि मृत्यु भएको छ। यसबाहेक हेलिकप्टरमा सवार अन्य ६ जनाको पनि मृत्यु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
Anguished by the helicopter crash in Uttarakhand. In this tragic hour, my thoughts are with the bereaved families: PM @narendramodi
— PMO India (@PMOIndia) October 18, 2022
प्रधानमन्त्री मोदीले लेखेका छन्, “उत्तराखण्डमा भएको हेलिकप्टर दुर्घटनाबाट दुःखी भएको छु। दुखको यस घडीमा, यस दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारसँग मेरो समवेदना छ।”
केदारनाथ धाम के पास हुए हेलीकॉप्टर दुर्घटना में पायलट सहित कई तीर्थयात्रियों के निधन का समाचार बहुत दुखद है। अपने प्रियजनों को खोने वाले परिवारों के प्रति मैं गहन शोक-संवेदनाएं व्यक्त करती हूं।
— President of India (@rashtrapatibhvn) October 18, 2022
राष्ट्रपति द्रौपदी मुर्मुले हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।







डिसी नेपाल







Facebook Comment