‘रूसले आफ्ना सैनिकलाई यौन उत्तेजक औषधि दिइरहेको छ’

डिसी नेपाल
१ कार्तिक २०७९ १५:३३
9.5k
Shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध रोकिने नाम लिइरहेको छैन । पछिल्ला केही दिनदेखि रुसले युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका एक अधिकारीले चकित पार्ने कुरा भनेका छन् ।

युक्रेनी महिलालाई बलात्कार गर्न रुसी सैनिकलाई भियाग्रा उपलब्ध गराइएको संयुक्त राष्ट्रसंघका अधिकारीले दाबी गरेका छन् । यति मात्र होइन, रुसी सेनाले महिलासँगै बालबालिका र पुरुषलाई पनि निशाना बनाएका छन् ।

यौन हिंसा सम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि प्रमिला प्याटनका अनुसार युक्रेनी महिलालाई बलात्कार र बर्बरता गर्न रुसी सैनिकलाई भियाग्रा आपूर्ति भइरहेको छ । प्याटनको दाबी छ कि यो युक्रेनका जनतामाथि जानाजानी गरिरहेको छ, जुन रुसी सेनाको रणनीतिको हिस्सा पनि हो।

प्रमिला प्याटनले एएफपी समाचार एजेन्सीलाई भनिन्, ‘जब महिलालाई धेरै दिनसम्म बन्धक बनाएर बलात्कृत गरिन्छ, जब साना बालबालिका र पुरुषलाई पनि शारीरिक दुव्र्यवहार गरिन्छ, जब महिलाको यौनाङ्गमा चोटपटक लगाइन्छ, जब महिलाले रुसी सैनिकले भियाग्रा लिएको बयान दिन्छन्, त्यो स्पष्ट रूपमा सैन्य रणनीति हो ।’

प्याटनले भने, ‘बलात्कारका क्रममा आफूलाई जे भनिएको थियो, त्यसबाट आफूलाई जानाजानी क्रूरता देखाइएको प्रष्ट भएको पीडितहरूले बताएकी छन् ।’

संयुक्त राष्ट्रसंघमा जानकारी दिँदै प्याटनले युक्रेन र रुसबीच युद्ध सुरु भएयता युक्रेनमा सयभन्दा बढी बलात्कार र शारीरिक दुव्र्यवहारका घटना सार्वजनिक भइसकेको बताइन् । प्याटनले भनिन् कि जति केसहरू आएका छन्, ती सबै केसमध्ये थोरै मात्र हुन्। धेरै जसो केसहरू यस प्रकारका छन् जुन रिपोर्ट नै गरिएको छैन।

प्याटनले थप भनिन् कि रुसी सेनाको मारमा धेरैजसो महिला छन्, तर अचम्मको कुरा, यसमा पुरुष र बालबालिका पनि पर्छन्। गत महिना संयुक्त राष्ट्रसंघको प्रतिवेदनले पनि रुसी सेनाले धेरै बालबालिकालाई बलात्कार गरेको र सबैभन्दा कान्छी पीडित चार वर्षकी मात्र भएको खुलासा गरेको थियो ।

यदि रुस र युक्रेनबीचको युद्ध यसरी नै चलिरह्यो भने यसले विश्वमा तेस्रो विश्वयुद्धको अवस्था सिर्जना गर्न सक्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले धेरै पटक परमाणु हमलाको कुरा गरिसकेका छन् । यसैबीच, भर्खरै पुटिनका एक नजिकका साथीले पनि तेस्रो विश्वयुद्धबारे बयान दिएर सबैलाई चकित पारेका छन् ।

अर्कोतर्फ रुसविरुद्ध घेराबन्दीमा रहेका अमेरिकालगायत सबै पश्चिमी मुलुकले पनि लगातार कडाई बढाइरहेका छन् । रुसलाई जसरी पनि सहयोग गर्ने देशहरूले पनि पश्चिमी देशहरूको असन्तुष्टिको सामना गरिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध लगातार आक्रामक बयानबाजी गरिरहेका छन् । पुटिनको आणविक धम्कीमा पनि बाइडेनले यसको नतिजा राम्रो नहुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *