नेपालमा थपिए ४६ कोरोना संक्रमित, १७ जना संक्रमण मुक्त

डिसी नेपाल
१ कार्तिक २०७९ १८:१५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

८३५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र ६७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण देखिएको छ । सो समयवधिमा १७ जना कोरोनामुक्त भएका छन् ।

योसँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७३६ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *