विश्व इतिहासमा आज: सद्दाम हुसेन दोषि ठहरदेखि चीन तिब्बत युद्ध समाप्त

डिसी नेपाल
२ कार्तिक २०७९ ६:४३
36
Shares

सद्दाम हुसेन दोषि ठहर

सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषि ठहर गरेको थियो । उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो ।

जीवनको अस्थित्व ४ अर्ब वर्ष पहिले रहेको प्रमाण

सन् २०१५ मा अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीमा जीवनको अस्तित्व ४ दशमलब १ अर्ब वर्षअघि रहेको प्रमाण फेला पारेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले यस्तो प्रमाण फेला पारेका थिए।

चीन तिब्बत युद्ध समाप्त

सन् १९५० मा चीन र तिब्बतबीचको चाम्दो युुद्ध समाप्त भएको थियो । चीनका तत्कालीन नेता देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सेना सिचुआनबाट प्रवेश गरेपमिछ चीन र तिब्बतबीच ६ अक्टोबरमा उक्त युुद्ध सुुरु भएको थियो ।

जोनाथान स्विफ्टको मृत्यु

सन् १७४५मा प्रसिद्ध लेखक जोनाथान स्विफ्टको मृत्यु भएको थियो । एंग्लो आइरिस लेखक तथा पादरी स्विफ्टको ७७ वर्षको उमेरमा मृत्यु भएको थियो। स्विफ्टको जन्म सन् १६६७ को नोभेम्बर ३० मा आइरल्यान्डको डब्लिनमा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *