१३० भन्दा बढी मानिस मारिएको इन्डोनेसियाको फुटबल रंगशाला भत्काइने

डिसी नेपाल
२ कार्तिक २०७९ १०:५९
296
Shares

काठमाडौं । इन्डोनेसियाले काञ्जरुहान रंगशाला भत्काउने घोषणा गरेको छ । यो महिना एक फुटबल खेलमा भागदौड हुँदा कम्तीमा १३१ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

राष्ट्रपति जोको विडोडोले कन्जरुहान रंगशाला फिफाको नियम अनुसार पुनर्निर्माण गरिने बताएका छन् । उनले देशले फुटबलको व्यवस्थापन गर्ने तरिका पूर्णरुपमा परिवर्तन गर्नुपर्ने बताए ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको भेटपछि राष्ट्रपति विडोडोले यस्तो घोषणा गरेका हुन् ।

इन्डोनेसियाले २०२३ मा हुने यू–२० विश्वकप आयोजना गर्ने तयारी गरेको छ । फिफा प्रमुखले फुटबल खेल हेर्न आउनेलाई सुरक्षित वातावरण उपलब्ध गराइने बताए ।

“यो एक फुटबल देश हो, एक देश जहाँ फुटबल १०० मिलियन भन्दा बढी मानिसहरूको लागि नशा हो,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *