एनसीबीको प्रतिवेदनमा आर्यन खानको लागूऔषध प्रकरणको छानबिनमा धेरै कमजोरी रहेको उल्लेख
काठमाडौं । गत वर्ष कर्डेलिया जहाजबाट लागुऔषध बरामद प्रकरणको छानबिनमा लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) टोलीले विभिन्न अनियमितता भएको औंल्याएको छ । तर, अनुसन्धानमा जबरजस्ती असुली गरेको प्रमाण फेला परेको छैन ।
यस मामिलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका थिए । तर, यस वर्ष मे महिनामा एनसीबीले प्रमाणको अभावमा आर्यन खानलाई क्लिन चिट दिएको थियो ।
गत वर्ष अक्टोबरमा मुम्बईको एक क्रुज जहाजबाट कथित लागूऔषध बरामद भएको घटनाको अनुसन्धानमा धेरै कमी कमजोरीहरू फेला परेपछि एनसीबी टोलीले छानबिन सुरु गरेको थियो।
आर्यन खानलाई क्रूजमा छापा मारेर पक्राउ गरिएको थियो, तर एजेन्सीले उनीमाथि लगाइएको आरोप प्रमाणित गर्न नसकेपछि तीन हप्तापछि उनलाई जमानत दिइएको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार, एनसीबी अधिकारीले भने कि यस विषयमा छानबिन गर्ने विशेष टोलीले केही हप्ता अघि आफ्नो सतर्कता रिपोर्ट बुझाएको थियो।
अनुसन्धानका क्रममा टोलीले ६५ जनाको बयान रेकर्ड गरेको अधिकारीले बताए ।
टोलीले आफ्नो अनुसन्धानमा क्रुज लागूऔषध प्रकरणको अनुसन्धानमा धेरै त्रुटि भएको र एनसीबीका करिब सातदेखि आठजनाको व्यवहार पनि ‘शङ्कास्पद’ रहेको पाइएको छ ।
एक अधिकारीलाई उद्धृत गर्दै, पीटीआईले भनेको छ कि अनुसन्धानमा संलग्न धेरै अधिकारीहरूको मनसायमा पनि प्रश्नहरू उठेका थिए र केही व्यक्तिहरूले धेरै पटक आफ्नो बयान परिवर्तन गरेका थिए।
तर, घटनामा जबरजस्ती असुलीको कुनै प्रमाण नभेटिएको अधिकारीले बताए । एनसीबीका अधिकारीहरूले केही अभियुक्तहरूलाई रिहा गर्ने सट्टामा पैसा उठाउन खोजेको आरोप छ। गत वर्ष छापा मार्दा भारतीय राजस्व अधिकारी समीर वानखेडे मुम्बईका अञ्चल निर्देशक थिए।







डिसी नेपाल







Facebook Comment